– गणेश चुदाली, काठमान्डौ
बिबिध समाचार र स्रोतबाट
पूर्व राजा ज्ञानेन्द्र शाह आज नेपालगाज आउँदै हुनुहुन्छ । शाहले नेपालगाजमा रहेको प्रसिद्ध बागेश्वरी मन्दिरको दर्शन र पूजा अर्चना गर्नुहुने बताइएको छ ।
पूर्व राजा ज्ञानेन्द्र आफ्नी पत्निका साथ आज बिहान ९ बजे बुद्ध एयरलाईन्सको काठमाण्डौ नेपालगाज पहिलो उडानमा आईपुग्ने कार्याक्रम रहेको उहाँका निजी सचिव सागर तिमि_िल्सनाले जानकारी दिनुभयो । ९ बजे राझा एयरपोर्टमा अवतरण गरी नेपालगाजमा रहेको बाटिका होटलमा केहीबेर आराम गर्ने कार्याक्रम रहेको छ ।
राझा एयरपोर्टबाट बिहान हिन्दुधर्म सम्बद्ध संघसस्था पूर्व राजाका शुभचिन्तकहरुले मोटर साईकलबाट स्कटिङ्ग गर्दै होटलमा ल्याउने कार्यक्रम रहेको छ । पूर्व राजा ज्ञानेन्द्र आज नेपालगाजमा आउने भएपछि हिजोदेखि नै मुख्य मुख्य चोक चोकमा स्वागत व्यानर राजाको भत्किएका शालिकहरु रंगरोगन गरिइएको छ । आज बिहानदेखि नेपालगाजमा सरसफाई र स्वागतद्धार समेत बनाइएको छ ।
राजाले बागेश्वरी मन्दिरको पुजापाठपछि पुराना पाचहरुसँग गोप्य भेटघाट गर्ने बताइएको छ । आज बिहानदेखि नेपालगाजमा सुरक्षा व्यवस्था कडा पारिइएको छ भने नगरकॊ सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको जिल्ल्ाा प्रहरी कार्यालय बाकेले जनाएको छ ।