फर्पिङ, जेठ ९- राष्ट्रपति डा. रामवरण यादवले हिमाल, पहाड र तराई जहाँ बसे पनि सुदृढ लोकतन्त्रसहित दिगो शान्ति र समृद्धिका पक्षमा सबै उभिनुपर्ने बताएका छन्। फर्पिङ विद्युत् गृह शतवार्षिकी कार्यक्रम सप्ताहव्यापी समारोह उदघाटन गर्दै राष्ट्रपति डा.यादवले आपसी विश्वासका साथ सहमति र सहकार्यको बाटोमा अघि बढ्न सबैसँग आग्रह गरे।



