बविता थापा र प्रज्वल महर्जन लाई यूएबाट क्षतिपुर्ति

मान बहादुर थापा /  रेशम श्रेष्ठ दुवई


रोजगारीको सिलसिलामा दुवई आएकी गुल्मी मुसिकोट निवासी बविता थापा बरदुवई स्थित इन्डियन नागरिकको घरमा विगत डेढ महिनादेखि हाउसमेडको रुपमा काम गर्दै आएकी र सोहि घरमा गत २८ मार्च २०१० का दिन झुन्डिएर आत्महत्या गरेकी थिइन् । त्यस पश्चात मृतकका आफन्तले छानबिन तथा सहयोगको लागि युएई नेपाली एकता समाज र दुवई जनकल्याण राहत प्रतिष्ठानलाई निवेदन दिएपछि संस्थाले घटनाको बारेमा छानबिनको लागि सम्वन्धित निकायमा पहल गरेको थियो । उक्त घटना रहस्यमय भए पनि ठोस प्रमाण नभएकोले दोषी उम्कीन सफल भएको थियो । मृतक बविता थापाको घरमा आमा-बुवा भएको र घरको नाजुक अवस्थालाई मध्यनजर गर्दै ९ अप्रेल २०१० का दिन एकता समाज र राहत प्रतिष्ठानले युएईमा रहेका बिभिन्न संघसंस्था तथा महानुभावहरुबाट सामुहिक तथा व्यक्तिगत चन्दा प्रदान गर्न आहवाना गरेपछि १४ मई २०१० का दिन एकता समाजका अध्यक्ष मानबहादुर थापा र राहत प्रतिष्ठानका कावा अध्यक्ष टेक थजालीलाई हस्तान्तरण गरिएको थियो । प्राप्त हुन आएको जम्मा रकम दिराम ११७१५।- बरावर हुने करिव ने रु २३१८९४।- त्यी संस्था मार्फत मृतकको आमा मिन कुमारी थापाको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक गुल्मीको खाता नं. २१६२२ मा जम्मा गराईएको छ । उठन बाँकी  रहेको १५०० दिराम यथासिघ्र पठाईने बताईएको छ । यो समाचार लाई निरनतर रुपमा यस अर्घाखाँची डट्कम् का यूएई स्थित अन्तराष्ट्रिय प्रमुख प्रतिनिधि उमाकान्त पाण्डे गाउलेले फलोअप गर्दै नेपालमा समेत राहतका लागि नेपाल मा समेत पहल गरेका थिए ।    


चन्दा सङ्कलनमा सहयोग पुर्याउने संस्था नेपाली युथ सोसाईटी तथा समाजसेवी कृष्ण ढकाल लगायत विभिन्न स्थानहरुबाट भूमिका निभाउनुभएका सम्र्पूण दाजु भाई तथा दिदी बहिनीहरु लगायत सह्दयी नेपालीहरुप्रति एकता समाज हार्दिक आभार प्रकट गर्दछ ।


यसरी वैदेशीक रोजगारको लागि मृतक बविता थापा जस्ता कैयौं कृत्य कागजात बनाएर पठाउने म्यानपावर छानविन नगरी पठाउने नेपाल एयरपोर्टका कर्मचारी र विभिन्न गैरकानुनी पेसाहरुलाई अविलम्व कारवाही गरियोस । यसरी मात्रै बविता जस्ता पीडितहरुले न्यायको अनुभुती गर्न पाउने छन् । आशा गरौं आउदा दिनहरुमा यस्ता घटनाहरु नदोहोरियोस् यहि नै नेपाली सबैको चाहना हो ।


त्यसै गरी १७ मे २०१० युएईको फारनेक सर्भिसिजमा सेक्युरीटी गार्डका रुपमा कार्यरत प्रज्वल महर्जन जनवरी २३