अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाद्वारा एमसीसी विरुद्धमा बिरोधसभा सम्पन्न (भिडियो,तस्बिरहरु)


ç
बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय जनमोर्चाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)  बिरुद्धमा बिरोधसभा सम्पन्न गरेको छ।
सन्धिखर्कको शान्ति बगैंचामा मंगलवार राष्ट्रिय जनमोर्चाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)  बिरुद्धमा बिरोधसभा सम्पन्न गरेको हो ।
कार्यक्रममा नेकपा मसालका जिल्ला प्रबक्ता पशुपति ढकाल,  राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष थम्मन केसी लगायतले बोलेका थिए ।
विरोध सभालाई सम्बोधन गर्दै राजमो जिल्ला अध्यक्ष केसीले एमसीसी कुनै पनि हातलमा नेपालमा लागु गर्न नहुने बताउनुभयो ।
‘यो राष्ट्रघाती सम्झौता हो । अमेरेकी साम्राज्यवादले नेपालमा एससीसी परियोजनाका नाममा नेपालमिाथ गिद्देदृष्टी राखेको छ’ अध्यक्ष केसीले भन्नुभयो, ‘एमसीसी परियोजना अनुमोदन भए विदेशी सेना नेपालमा राखेर नेपालमा रहेका प्राकृतिक सम्पदामामिाथ कब्जा गर्ने, अमेरिकी साम्राज्यवादको मुख्य सत्रु भनी चिनिएको चिनमाथि निगरानी राख्ने लगायतका षडयन्त्र भइरहेको हुने छ ।’
कार्यक्रम जिल्ला सचिब बाबुराम पन्थी सुनारको संचालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु