अर्घाखाँचीमा आज बिहीवार ५ जनाले कोरोना जिते, १० जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ७१ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३२  जना, भूमिकास्थान नगरपालिकामा ९  जना,  शितगंगा नगरपालिकामा ० जना,  मालारानी गाउँपालिकामा २५,     पाणिनी गाउँपालिकामा ४  र छत्रदेव गाउँपालिकामा १ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४१७० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८२५   जना, भूमिकास्थान नगरपालिकामा ७२७ जना,     शितगंगा नगरपालिकामा ४२८ जना,       मालारानी गाउँपालिकामा ५२९ जना,  पाणिनी गाउँपालिकामा ३७२  जना  र छत्रदेव गाउँपालिकामा २८९ जना संक्रमित रहेका छन् ।   
साथै पछिल्लो २४ घण्टामा जिल्लामा ५ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४०१८ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १७६६ जना, भूमिकास्थान नगरपालिकामा ७०३ जना,  शितगंगा नगरपालिकामा ४१५ जना,   मालारानी गाउँपालिकामा ४९० जना,    पाणिनी गाउँपालिकामा ३५९ जना   र छत्रदेव गाउँपालिकामा २८५   जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८१ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २७  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा ९   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
बिहीवारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु