केशब राज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली काङ्ग्रेसको महाधिवेशन नजिकिदै जाँदा अर्घाखाँचीमा चहलपहल बढेको छ । यतिबेला काङ्ग्रेस नेता कार्यकर्ताहरु जिल्लामा छन् । वार्ड अधिवेशन पनि सम्पन्न भैसकेको अवस्थामा अब नगर अधिवेशन नजिकिदा नगर नेतृत्वको पनि चर्चा परिचर्चा चलिरहेको छ ।
सदरमुकामको नगरपालिका सन्धिखर्क नगरपालिकाको नेतृत्व लिन पनि धेरै नेताहरु इच्छुक देखिएका छन् । उमेद्वारी घोषणा धेरैले गरेता पनि युवा नेता बाबुराम भुसाललाई सर्व सहमत नेतृत्वमा ल्याउने प्रवल संभावना पनि देखिएको सक्रिय युवा पत्रकार सुर्य भुसालाले जनाए ।
यता वरिष्ठ पत्रकार तथा रेडियो देउरालीका स्टेशन म्यानेजर समेत रहेका सुर्य भुसाल आफू पनि जिल्ला समिती सदस्यको उमेद्वारी दिने घोषणा गरेका छन् । पार्टी बिधान संशोधनले नयाँ क्रियाशिल पनि क्षेत्रीय प्रतिनिधि आउन पाउने अबसर भए पछि अधिकांश युवाहरुले आफ्नो पार्टीको नेतृत्व चयन गर्ने अवसर पाएका छन् । यसले गर्दा अब आउने नेतृत्वमा युवाहरुको प्रवल संभावना देखिएको छ ।
जिल्लामा महाधिबेशनको सर्गर्मी बढिरहेको बेला अधिकाशं युवाहरु केन्द्रमा नेतृत्व चयन गर्नको लागि पनि महाधिवेशन प्रतिनिधिको उम्मेद्बारी दिने घोषणा गरिसकेका छन् ।
युवा नेता ऋषब ज्ञवालीले पनि महाधिबेशन प्रतिनिधिको लागि उम्मेद्बारी दिने घोषणा गरिसकेका छन् । यस्तै उमेश घिमिरे पनि महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी घोषणा गरेका छन् ।
यता अर्घाखाँचीको काङ्ग्रेस नेतृत्व हाक्न इच्छुक देखिनेमा अहिले मुख्यतया चारजना यादव घिमिरे, बिष्णु खनाल , केशब श्रेष्ठ र इन्द्रमणी पौडेलले उम्मेद्बारी घोषणा गरिसकेका छन् । यी चार जना उमेदवारहरुको आफ्नै बिशेषता छन् केशव श्रेष्ठ र इन्द्रमणी पौडेल युवाहरुलाई नेतृत्वमा अवसर भन्ने नारा लिएर आएका छन् भने यादब घिमिरे र बिष्णु मुस्कान सांगठिक सुधारको योजना बताइरहेका छन् ।
हाल काङ्ग्रेस अर्घाखाँचीको नेतृत्व समालेका बिष्नु मुस्कान पनि अर्को एक कार्यकाल अर्घाखाँची काङ्रेस हाक्ने घोषणा गरिसकेका छन् ।
काङ्ग्रेस अर्घाखाँचीको सांगठनिक सुधार र शुद्धिकरणमा महत्त्वपूर्ण जिम्मेवारी निभाएका मुस्कानको कार्यकाल केही अपवाद बाहेक सफल मानिएको छ । कतिपय बिरोधीहरुले प्रतिनिधि सभा र प्रदेशको चुनावमा काङ्ग्रेसलाई जिताउन नसकेको आरोप बाहेक ठोश तर्क गर्न सक्दैनन ।
सबैसंग सरल तथा अर्थपूर्ण तरिकाले प्रस्तुत हुँदै अधिकांशलाई काङ्रेसमा प्रवेस गराउन सफल मुस्कानलाई काङ्ग्रेस इतरकाहरुले पनि सहज रुपले स्विकार गर्ने अवस्था अर्घाखाँचीमा रहेको छ । बिपक्षिहरुसंग पनि अर्थपूर्ण रुपले प्रस्तुत हुन र सामना गर्न सक्षम मुस्कान अघिल्लो अधिवेशनमा सर्वसहमत जिल्ला सभापती बनेका थिए ।
अधिवेशन पर्व नजिकिदै जादा कार्यकर्ताहरु दिनरात नभनी लागिरहेका छन् भने सचिवालयपनी राती सम्म भ्याइनभ्याइ काम गरिरहेको देखिन्छ ।
काङ्ग्रेसजनहरुका लागि पर्वको रुपमा आएको अधिवेशनका कारण सन्धिखर्क बजारमा थप उत्साह र उमंग देखिएको छ । काङ्ग्रेस कार्यकर्ताहरुले आफ्नो नेतृत्व चयन गर्दा ध्यान पुर्याइ सबल र सक्षम नेतृत्व चुन्न जरुरी छ ।
