काचनपुरमा बैंकबाट पैसा निकालेर धर जादै गरेकी एक महिलाको ५७ हजार रुपैया चोरी

-केशवराज जोशी


काचनपुर १० जेठ – काचनपुरमा बैंकबाट पैसा निकालेर धर जादै गरेकी एक महिलाको ५७ हजार रुपैया चोरी भएको छ ।

 

झलारी गाविस ३ की द्रोपती देवी भट्टको रकम आइतवार दिउसो भीमदत्तनगर स्थित खानेपानी गेट अगाडी रहेको एक गिफ्ट सेन्टरबाट चोरी भएको हो । महिलाले मालिका विकास वैकंबाट सो रकम झिकेकी थिईन् । हातमा चुरा लगाउदै गर्दा पैसा चोरी भएको महिलाले वताईन् ।

 

घट्नास्थलमा केही समयपछी प्रहरी पुगेको थियो । प्रहरीले लुटेराको खोजीकार्य भेरहेको जनाएको छ । स्मरण रहोस काचनपुर जिल्लामा यसरी यसपुर्व पनि कयौ लुटिसकेका छन् ।