माओवादी, कांग्रेस र एमालेका नेताहरुबीच भएको शीर्ष बैठकले मंगलबारसम्म सहमतिको प्रयास गर्ने निधो गरेपछि संसदको बैठक सूचना टाँस गरी स्थगित गरिएको थियो।
नियमित प्रकृया अगाडि बढाइएको भए सोमबार नै संसदमा संविधान संशोधन विधयेक प्रस्तुत हुने थियो।
त्यसपछि उक्त विधयेकमाथिको छलफल रोक्न माओवादीले दर्ता गराएको सूचनामाथि मतदान हुन्थ्यो।
विभाजन
तर त्यही विभाजन रोक्न नै बैठक मंगलबारसम्मको निम्ति स्थगित गर्न तीन दलले आग्रह गरेको कांग्रेसका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले बताए।
उनले भने,



