-गणेश चुदालि – अर्घाखाचि सन्धिखर्क प्रतिनिधि – हाल काठमान्डौ
काठमाडौ, जेष्ठ ११ – सरकारले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न सबै दल र सभासदहरुलाई आग्रह गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले संविधानसभाको म्याद थप गर्न सरकारले सदनमा प्रस्तुत गर्न लागेको संविधान संशोधन बिधेयकको पक्षमा मतदान गर्न अनुरोध गरेको हो ।
राष्ट्रिय सहमतिको आधारमा संविधानसभाको म्याद थप्न प्रमुख तीन दल सकरात्मक भएपछि सोमवारका लागि तय गरिएको संविधान संशोधन विधेयकमाथिको छलफल स्थगित गरिएको थियो । माओवादीले विधेयक अघि बढ्नबाट रोक्न संसदमा विरोधको सूचना दर्ता गरेको छ ।
मन्त्रिपरिषद बैठकपछि अर्थमन्त्री सुरेन्द्र पाण्डेले सहिदको परिभाषा तय गर्न गठित मोदनाथ प्रश्रति संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनलाई राजनीतिक समितिमा पठाउने निर्णय भएको पनि जानकारी दिए । उनले राजनीतिक समितिले त्यसलाई टुंगो लगाउने बताए । बैठकले मधेस आन्दोलनको क्रममा मारिएको तथा विगतको प्रमाणिकरणमा छुटेका १२ जनालाई सहिद घोषणा गर्ने निर्णय समेत गरेको छ ।
शान्तिमन्त्रीको संयोजकत्वमा गठित समितिको अध्ययनपछि उक्त सिफारिस गरिएको पाण्डेले जानकारी दिए । उनले माओवादी सशस्त्र युद्धदेखि २०६३ मंसिरसम्म माओवादी तथा सरकार पक्षबाट मारिएकाहरुलाई पनि सहिद घोषणा गर्ने बैठकले सैद्धान्तिक सहमति गरेको जानकारी दिदै उनले मन्त्रिपरिषदको समितिले त्यसलाई अन्तिम टुंगो लगाउने जानकारी दिए