कांग्रेस नेता पौडेल- अमेरिकी राजदूत भेट/ राजनीतिक दलहरु अहिलेको समस्याको समाधानका लागि सहमतिमा पुगुन भन्ने अमेरिकी चाहना

-गणेश चुदालि – अर्घाखाचि सन्धिखर्क प्रतिनिधि – हाल काठमान्डौ


काठमान्डौ अमेरिकी राजदूत स्कट एच डेलीसीले शान्ति र लोकतान्त्रिक प्रक्रियालाई अघि बढाउदै राजनीतिक दलहरु अहिलेको समस्याको समाधानका लागि सहमतिमा पुगुन भन्ने अमेरिकी चाहना रहेको बताएका छन् ।


कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलसँग मंगलबार   संसदीय दलको कार्यालयमा भेटवार्ताको क्रममा उनले त्यसका लागि वातावरण बनाउने काम नेपाली जनता र यहाँका राजनीतिक दलहरुको रहेको भन्दै त्यसलाई आवश्यक सहयोग गर्न अमेरीका सधै तयार रहेको प्रतिबद्धता जनाए ।


  डेलीसीले नेपालको राजनीतिक घटनाक्रम तथा लोकतन्त्र र दिगो शान्ति स्थापनाका वारेमा चासो र चिन्ता व्यक्त गरेका थिए ।


उक्त अवसरमा पौडेलले राजनीतिक दलहरु संविधानसभाको समयावधि विस्तार गर्न, माओवादी लडाकुको व्यवस्थ्ाापन गर्न वाईसीएलको रुपान्तरण, कब्जा सम्पति फिर्ता लगायतका अहिलेको राजनीतिक समस्याको प्याकेजमा सहमति जुटाएर निकास खोज्न आफूहरु कृयाशील रहेको जानकारी गराएका थिए ।