बुटवल (अर्घाखाँचीडट्कम) । नेपालीको महान चाड बडादशैँ नजिकिएसँगै अर्घाखाँची भित्रिने सवारी साधनहरुले मनपरी भाडा असुलेका छन् ।
दशैँ मनाउन बुटवल, कृष्ण नगर, गोरुसिङे हुँदै अर्घाखाँची आउने यात्रुसँग सवारी साधनहरुले मनपरी भाडा असुलेका हुन् ।
घटस्थापना शुरु भएसँगै यात्रुको जिल्ला भित्रने क्रम बढी छ । दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने अझै रोकिएको छैन् ।
उता कृष्ण नगरबाट सन्धिखर्क आउँदै गरेको लु १ख ६१४१ नम्बरको बसले यात्रुसँग मनपरी भाडा असुलेको छ । ज्यालादारी गरेर भारतबाट फर्कदै गरेका जिल्लाबासीले उक्त बसले मनपरी भाडा असुलेको अर्घाखाँचीडट्कमलाई बताए ।
यस्तै दशैँ मान्न हिँडेका यात्रुसँग मनपरी भाडा असुले, सिट भन्दा बढी राखे, नराम्रो व्यवहार गर्ने यातायात व्यवसायी, सवारीका चालक र परिचालकलाई पनि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कानूनी कारवाहीको दायरमा ल्याइने जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीले बताएको छ ।
यस्तै जिल्लाभर चल्ने जीप लगायतका सवारी साधनहरुले मनपरी भाडा असुलेका छन् । भने सिट भन्दा बढी यात्रुहरु राखेको देखिन्छ ।