अर्घाखाँचीका युवा भुवनेश्वरले देशभरका रेडियो एफएम स्टेशनबाट पाँचौ बृहत् काग सम्मेलन गर्दै


केशब राज ज्ञवाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका भुवनेश्वर अधिकारीले हिन्दुहरूको दोस्रो महान चाड शुभ दीपावली (तिहार) २०७८  कार्तिक १७ को पहिलो दिन काग तिहार एवं कुकुर तिहारको अवसर पारेर काग सम्मेलन गर्ने भएका छन् । 
विभिन्न पशुपंक्षी बाजागाजा जिवजनावरको  हुबहु आवाज निकाल्ने प्रतिभा भएका, जिल्ला युवा प्रतिभा पुरस्कारबाट समेत सम्मानित भएका भुवनेश्वर अधिकारीले सन्धिखर्कमा रहेको रेडियो देउराली १०१ मेगाहर्ज अर्घाखाँचीले रेडियोको अन एयरबाटै काग सम्मेलन गर्ने भएका हुन् ।
अधिकारीले रेडियोको अनएयर बाट प्रत्यक्षप्रसारण मार्फत कागको आवाज निकाली कराउँदा  विभिन्न रेडियोको स्टुडियोबाट  आवाज सुनेर कागहरु वरिपरि उड्ाउदै एकत्रित हुने हास्य कलाकार अधिकारीले बताए ।
यस्तै कार्यक्रम रेडियो देउराली सँगै देशभरका विभिन्न एफएम स्टेसन तथा रेडियोबाट प्रशारण हुने बताइएको छ ।

अन्य समाचारहरु