सन्धिखर्कमा आधिकारीक ट्रेड युनियनद्धारा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न


प्रेम नारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची । स्वागत तथा विदाई कार्यक्रमलाई आफ्नो नियमित कार्यक्रम बनाई रहेको निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन जिल्ला कार्यसमिति अर्घाखाँचीले आज अर्घाखाँचीमा कार्यरत भई विभिन्न जिल्लामा सरुवा हुनु भएका कर्मचारीलाई विदाई गरेको छ ।  
ईन्जिनियर सुरेश चौधरी, कर अधिकृत लक्ष्मी प्रसाद उपाध्याय, लेखापाल कृष्ण पाण्डे र सब-ईन्जिनियर नविन पौडेलको विदाई गरेको हो ।
 
विदाई कार्यक्रम जिल्ला कार्य समितिका अध्यक्ष झविन्द्र खनालको अध्यक्षता, विकल्प भट्टराईको संचालन र कोषाध्यक्ष कृष्ण वर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा पत्रकारद्व सूर्य प्रसाद भुसाल, प्रेम नारायण आचार्य, स.जिल्या न्यायाधीवक्ता निराजन शर्मा, नेपाल निजामती कर्मचारी युनिनयका जिल्ला उपाध्यक्ष माधव अर्याल लगायत अन्य कर्मचारीहरुको आतिथ्यता रहेको थियो ।
 
त्यसै गरि गत हप्ता यस जिल्लामा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी लगायत अन्य २ जना कर्मचारीहरुलाई स्वागत समेत गरेको थियो ।
  
यस कार्य समिति विभिन्न समयमा सेवा सम्बन्धी अन्तरक्रिया, निशुल्क लोकसेवा आयोगको तयार कक्षा र लोक सेवा आयोगको तयारी गरिरहेका अधिकृत, उप-सचिव र सह-सचिव समेतको पाठ्यक्रम समावेश गरी वृति नामक पुस्तक समेत प्रकाशन गरेको छ भने जिल्ला प्रवेश गर्ने विभिन्न नाकाहरुमा परिचयत्मक स्वागत होर्डिङ्ग बोर्डहरु समेत राखेको छ । । जिल्लामा कर्मचारीहरुको हक हितको लागि वकालत गर्दै यस्ताखाले रचनात्मक क्रियाकलाप गर्ने देशकै पहिलो कार्य समिति रहेको विभिन्न कार्यक्रममा कर्मचारीहरु र सेवाग्राहीहरुले समेत प्रसंशा गर्ने गरेका छन् ।
 
कर्मचारीहरुको हक, अधिकारको वकालतका साथै विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आईरहेको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति, अर्घाखाँचीले कार्तिक १७ गते यस जिल्लाबाट अन्यत्र जिल्लामा सरुवा भई जानुहुने ४ जना कर्मचारीहरुको एक कार्यक्रम बीच बिदाई गरेको छ । जिल्ला कार्य समितिले नियमित रुपमा जिल्लामा भित्रिने कर्मचारीहरुको स्वागत र सरुवा तथा निवृत हुने कर्मचारीको लागि विदाई कार्यक्रम संचालन गरी कर्मचारीहरुलाई थप हौसला र कर्मचारी प्रति अपनत्व महसुश गराउँदै आएको छ ।
 
२०७३ सालमा आधिकारिक ट्रेड युनियनको निर्वाचन भए पश्चात केही समय निस्क्रिया रहेको जिल्ला कार्य समिति अर्घाखाँचीले अध्यक्षमा झविन्द्र खनालले नेतृत्व गरे पश्चात यी र यस्ता खाले प्रशासनिक तथा सामाजिक क्रियाकलाप समेत गर्दै आई रहेको छ ।

अन्य समाचारहरु