मधेसवादी चार दलका सभासद् र माओवादी बीच भेटवार्ता, मधेसको मुद्दामा सहमति जनाए आफुहरुले माओवादीलाई साथ दिने

काठमाडौ – मधेसवादी चार दलका सभासद् र माओवादी उपाध्यक्ष बाबुराम भट्टराई बीच बिहिबार राती भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा सभासद्हरुले मधेसको मुद्दामा सहमति जनाए आफुहरुले माओवादीलाई साथ दिने जनाएका थिए । 

शान्तिनगरस्थित भट्टराई निवासमा बिहीबार राति भएको भेटवार्ताका क्रममा उनीहरुबीच प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा मागेर संविधानसभाको म्याद थप्ने सहमति गरेकोसमेत बताइएको छ ।

संविधानसभाको म्याद थप गरेपछि राष्ट्रिय सहमतिको सरकार गठनको पहल गर्नेसम्बन्धमा समेत छलफल भएको बताइएको छ । तर, बैठकमा को को थिए भन्ने सम्बन्धमा भने दुवै पक्षले बताउन चाहेको छैन ।

बैठकमा मधेसी जनअधिकार फोरम, फोरम लोकतान्त्रिक, नेपाल सद्भावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीका सभासद्हरु सहभागी थिए ।

फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टी सरकारमा सहभागी छन् । संविधानसभाको म्याद सकिनै लाग्दा मधेसवादी दलहरुको यो परामर्शलाई अर्थपूर्ण रुपमा लिइएको छ ।