-गणेश चुदाली, अर्घाखाँची हाल काठमान्डौ
एकीकृत नेकपा माओवादीले आज आफ्नो संविधानको मस्यौदा सार्वजनिक गर्दैछ । गणतन्त्र दिवसको अवसर पारेर आज काठमाण्डुको टुँडिखेलमा विशेष कार्यक्रमको सार्वजनिक गर्ने माओवादीले जनाएको छ ।
संविधानसभामा पेश भएको र थप त्यसलाई परिमार्जन गरिएको मस्यौदा जनताकाबीचमा लैजान आज सार्वजनिक गर्न लागेको माओवादी नेता देव गुरुङले जानकारी दिनुभयो । एकीकृत नेकपा माओवादीले प्रधानमन्त्रीले राजीनामा नदिए संविधान संसोधन गर्न सहमति नजनाउने र १५ गते संविधान घोषणा गर्ने सार्वजनिक गरेको थियो ।
माओवादी नेता गुरुङले दलहरुबीच सहमति भए पनि आज गणतन्त्रलाई अवसर पारेले जनताकाबीचमा केही विवादका विषय बहसमा लैजान मस्यौदा सार्वजनिक गर्न लागेको बताउनुभयो । दिउँसो २ बजे खुलामाचमा सभा गर्नु अघि विभिन्न ठाउँबाट र्याली निकालिने छ ।
सभालाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका उच्च नेताहरुले सम्वोधन गर्नुहुनेछ । माओवादीले देशभरी छुट्टै रुपमा गणतन्त्र दिवस मनाउने जनाएको छ ।