दिपक भुसाल | अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ६ स्थानिय तह सबै वार्डहरुमा नेकपा (एमाले)को ८ औ जिल्ला अधिवेशनको लागि प्रतिनिधि चयन कार्यक्रम सम्पन्न भएको छ ।
प्रचार प्रसार समिति संयोजक प्रेमनारायण गैरेका अनुसार ६ स्थानिय तह सबै वार्डहरुमा आज शनिवार एमालेको ८ औ जिल्ला अधिवेशनको लागि प्रतिनिधि चयन कार्यक्रम सम्पन्न भएको हो । ४३६ जना प्रतिनिधि चयन भएका छन् । जस अनुसार सन्धिखर्क : १०० मालारानी : ७२ शितगंगा : ६८ पाणिनी :६४ भुमिकास्थान : ६१ छत्रदेब : ५६ शाखा : १५ रहेका छन्।
जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाका सबै वार्डहरु सर्वसहमति प्रतिनिधि चयन गरिएको छ ।
नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीको आठौं जिल्ला अधिवेशनका यही पुस २३ गते सन्धिखर्कमा हुन गइरहेको छ ।