जनआन्दोलन विरोधीलाई सरकारले पदकद्धारा विभुषित गरेको भन्दै जनआन्दोलनका घाइतेहरुद्वारा विरोध

 
-गणेश चुदाली हाल काठमान्डौ

 
जनआन्दोलन विरोधीलाई सरकारले पदकद्धारा विभुषित गरेको भन्दै रुष्ट बनेका जनआन्दोलनका घाइते तथा शहिद परिवारले आज राजधानीको कलकीमा एक घण्टा चक्काजाम गरेका छन् ।

 

 सरकारी निर्णयले जनआन्दोलनका घाइते तथा शहिद परिवारजनको अपमान गरेको भन्दै हिजोबाटै विरोधमा उत्रिएका कलंकी लोकतान्त्रिक समाजले १ घण्टे चक्काजाम गरेको हो । समाजले आज प्रधानमन्त्रीलाई भेटी जनआन्दोलन दवाउने भुमिका खेलेकालाई विभुषण दिएकोमा ज्ञापन पत्र बुझाइने समाजका युद्ध जोशीले जनकारी दिनुभयेा ।

 

ग्ाणतान्त्रिक सरकारले पूर्व प्रधानसेनापति रुक्माङ्गगत कटवाल र सशस्त्र प्रहरीका तत्कालिन डिएस्पी दुर्जकुमार राई लगायतलाई पदकले बिभुषित गरेपछि असन्तुष्ट बढेको हो । सरकारले गणतन्त्र दिवसका अबसरमा समाजमा विशिष्ठ योगदान पुर् याऊने २६९ जनालाई विभिन्न पदक प्रदान गरेको थियो ।