हरिप्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा नारावाजी भएको छ ।
पृथ्वी जयन्तीको अवसरमा राप्रपा अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको प्रदर्शनमा सहभागीहरुले गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा नारावाजी गरेका हुन् ।
सन्धिखर्कको मुख्य मुख्य चोकमा प्रदर्शन गर्दै राप्रपा कार्यकर्ताहरुले गण्तन्त्र, संघीयता र धर्मनिरपेक्षता देशको लागि आवश्यक नभएकोले देशमा राजतन्त्रको विकल्प नभएकोमा जोड दिएका हुन् ।
वजार परिक्रमापछि शान्ति बँगैचामा भएको कोणसभामा राप्रपा अर्घाखाँचीका अध्यक्ष दिपक कुँवरले गणतन्त्रवादीहरुले राजाहरुको इतिहाँस मेट्न खोज्नु दुर्भाग्य भएको बताए ।
आस्था र विचारका आधारमा इतिहाँस मेट्ने प्रयास गरिनु दुखद रहेको बताउदै अध्यक्ष थापाले देशको एकीकरणमा पृथ्वीनारायण शाहको योगदान अतुलनिय रहेकोमा जोड दिए ।
कार्यक्रममा राजाको पक्षमा नारावाजी गर्दै राप्रपा कार्यकर्ताहरुले नाचगान समेत गरेका थिए ।