अर्घाखाँचीमा अनिवार्य कोरोना विरुद्धको खोप लगाउन प्रहरीको आग्रह | माक्स नलगाउने माथि कडाई (तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा प्रहरीले माक्स नलगाउने माथि कडाई गरेको छ । 
कोरोना संक्रमण बढने सक्ने भन्दै जिल्लामा प्रहरीले अनिवार्य  कोरोना भाइरस विरुद्धको खोप लगाउन आग्रह गर्दै माक्स नलगाउने माथि कडाई गरेको हो । 
आज शनिवार सन्धिखर्क, चुत्राबेसीमा बढ्दै गईरहेको ओमिक्रोन तथा कोभिड १९ को संक्रमण बाट बच्नको लागी अनिबार्य रुपमा कोभिड सम्बन्धि खोप लगाऔं, मास्क प्रयोग गरौं, सामाजिक दुरी कायम गरौं,अनावश्यक रुपमा हिडडुल नगरौं पुर्ण रुपमा स्वास्थ्य मापदण्डको पालना गरौं जस्ता नारा लेखिएका प्लेकार्ड सहित बजार परीक्रमा गरेको थियो । 
साथै मास्क नलगाउने सर्वसाधरण र बिबिभन्न सवारी साधनका चालहरु समेत गरी अन्दाजी ५०० जनालाई मास्क बितरण गरी कोरोना भाईरस कोभिड १९ सम्बन्धि सचेतनामुलक सन्देशहरु माईकिङ गरी आम सर्बसाधरणमा प्रवाह गरिएको थियो ।