Menu
गृह पृष्ठ
हाम्रो बारेमा
जिल्ला समाचार
राष्ट्रिय समाचार
पालिका समाचार
सन्धिखर्क नगरपालिका
शितगंगा नगरपालिका
भूमिकास्थान नगरपालिका
छत्रदेव गाउँपालिका
पाणिनी गाउँपालिका
मालारानी गाउँपालिका
विश्व समाचार
साहित्य
सम्पर्क
अन्य
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
विचार,विश्लेषण,अन्तरवार्ता
सम्पादकिय
घर परिवार
समाज
English News
गृह पृष्ठ
हाम्रो बारेमा
जिल्ला समाचार
राष्ट्रिय समाचार
पालिका समाचार
सन्धिखर्क नगरपालिका
शितगंगा नगरपालिका
भूमिकास्थान नगरपालिका
छत्रदेव गाउँपालिका
पाणिनी गाउँपालिका
मालारानी गाउँपालिका
विश्व समाचार
साहित्य
सम्पर्क
अन्य
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
विचार,विश्लेषण,अन्तरवार्ता
सम्पादकिय
घर परिवार
समाज
English News
“सुपा देउराली” (छेस्का कविता)
माघ २ गते, २०७८ मा प्रकाशित
ज्ञान बहादुर छेत्री
(१) नबसौँ खाली
दर्शन गरौं
सुपा द्यौराली ।
(२) आस्था अटल
रहेको छ यो
पवित्र स्थल ।
(३) हेर्दा छ जाती
मन्दिर छ यो
पहरो माथि ।
(४) शान्ति मनको
हुन्छ घुइँचो
भक्तजनको ।
(५) सुपा द्यौराली
सधैंको भिड
हुँदैन खाली ।
(६) हृदय खोली
सन्तुष्ट हुन्छन्
दिएर बलि ।
(७) सबैको आस
पुग्दछ भन्ने
जनविश्वास ।
(८) गर्छन् प्रतीक्षा
पुग्दछ भनी
मनको इच्छा ।
(९) पहरो भित्र
देखिन्छ यौटा
अनौठो चित्र ।
(१०) भनिन्छ यहाँ
टाँसिएको छ
लाहुरे त्यहाँ ।
(११) भएछ गल्ती
चाख लाग्दो छ
त्यो किंवदन्ती ।
(१२) सहेको व्यथा
लाहुरेको त्यो
अनौठो कथा ।
(१३) पानीको मूल
माथि छ नया
झोलुङ्गे पुल ।
(१४) पाइन्छ यहाँ
गर्मीमा पनि
शीतल छाया ।
(१५) प्रकृति पनि
रम्दछ यहाँ
सौन्दर्य बनी ।
(१६) शिखरसम्म
लाली गुराँस
छ लटरम्म ।
(१७) भरिन्न मन
हेर्ने लायक
अरू पनि छन् ।
(१८) हेरौं नियाली
अर्घाखाँचीको
सुपा द्यौराली ।
अन्य समाचारहरु
चर्चाको शिखरमा ‘MRR भजन’ : युवापुस्तामा अध्यात्म र भजनतर्फ बढ्दो आकर्षण
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्म जयन्ती मनाइदै
रुदाने हुन्थे नारायणगोपालको ड्राइभर, लरी चलाएर सधै लान्थे सिंहदरवार
लोकप्रिय गायक मोतिराज खनाल र यशोदा कार्कीको आवाजमा ‘बैगुनी मायालु’ सार्वजनिक
धुँवा र मद्यपानले घट्दो जीवनशक्ति- (कविता)
आज विश्व बौद्धिक सम्पत्ति दिवस मनाइदै