अर्घाखाँचीमा आज आईतवार २ जनाले काेराेना जिते, ३१ जना नयाँ संक्रमित थपिए (सम्पुर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ३१  जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १८० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ८८  जना, भूमिकास्थान नगरपालिकामा १२  जना,  शितगंगा नगरपालिकामा ४४ जना,  मालारानी गाउँपालिकामा ५,    पाणिनी गाउँपालिकामा २८   र छत्रदेव गाउँपालिकामा ३  जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४६८८ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २०६१  जना, भूमिकास्थान नगरपालिकामा ७७६ जना,     शितगंगा नगरपालिकामा ४९० जना, मालारानी गाउँपालिकामा ५६८ जना,  पाणिनी गाउँपालिकामा ४८९ जना  र छत्रदेव गाउँपालिकामा ३०४   जना संक्रमित रहेका छन् ।   
साथै पछिल्लो २४ घण्टामा जिल्लाभर २  जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४४१७ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १९४३  जना, भूमिकास्थान नगरपालिकामा ७४८  जना,  शितगंगा नगरपालिकामा ४३२  जना,   मालारानी गाउँपालिकामा ५४७ जना,    पाणिनी गाउँपालिकामा ४५०  जना   र छत्रदेव गाउँपालिकामा २९७  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ९१ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३०  जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १६, पाणिनी गाउँपालिकामा ११   र छत्रदेव गाउँपालिकामा ४ जना  रहेका छन् ।
आईतवारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु