बिनोद गैरे – सह-सम्पादक- अर्घाखाचि टाईम्स सन्धिखर्क / रेडियो अर्घाखाचि
आसाममा नेपाली नागरिकहरु माथि भएको आक्रमणलाई नेपाल परर्राष्ट्र मन्त्रालयले नेपाली भाषीमाथिको आक्रमण बताएकोमा आपत्ति प्रकट गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज घोर भ्रत्सर्ना गरेको छ । समाजका महासचिव कृष्ण केसीद्धारा हस्ताक्षरित एक वक्तव्यमा सरकार नागरिक सुरक्षाको जिम्मेवारीबाट टाढा हुन खोजेको बताइएको छ । सरकारको यसप्रकारको रवैयाले प्रवासी नेपाली नागरिकहरुलाई चिन्ति तुल्याएको छ । यसभन्दा पूर्व पनि कैयौं घटनाहरुमा नेपाल सरकार मौन रहँदै आएको छ । यदि नेपालमा जुन कुनै खाले सरकार आएपनि सर्वसाधारणहरुले कसरी सास फेर्लान् ,सवत्र प्रश्न उठेको छ जारि ब्यत्तब्यमा उल्लेख गरिएको छ। प्रस्तुत छ वक्तव्यको पूर्ण पाठः
मई १४ का दिन आसामको लाम्पीङ क्षेत्रमा शुरुभएको विवादले पुरा आसाम र मेघालय राज्यमा नेपाली नागरिकहरु माथि व्यापक आक्रमण भएको थियो । उक्त घटनामा परी अत्याधिक नेपाली नागरिकहरु वेघरबार भएका छन् भने कैयौंले ज्यान गुमाएका छन् । सो विषय माथि सरकारको ध्यानाकर्षित गराउँदै हाम्रो सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपाली दूतावास दिल्ली मार्फत १९ मईका दिन एक ज्ञापन-पत्र दिएका थियौं । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले ३१ मईका दिन उक्त विषय माथि वक्तव्य जारी गरेको थियो । उक्त वक्तव्यप्रति हाम्रो ध्यानाकर्षण भएको छ । वक्तव्यमा नेपाली नागरिकहरु माथि भएको आक्रमणलाई नेपाली भाषीमाथ्ािको आक्रमण बताएर सरकार आफ्नो जिम्मेवारीबाट टाढा हुनेकोसिस गर्दैछ । हाम्रो सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज परराष्ट्र मन्त्रालयको यो अभिव्यत्तिप्रति घोर भ्रत्सर्ना गर्दै परराष्ट्र मन्त्रालयको यो अभिव्यत्तिलाई तुरुन्त सच्याउन नेपाल सरकार समक्ष माग गर्दछौं ।