पूर्व प्रधानमन्त्री तथा कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराई अचानक अस्वस्थ, राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना


 

काठमाडौं, जेष्ठ २० – पूर्व प्रधानमन्त्री तथा कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराई बुधबार अपरान्ह अचानक अस्वस्थ भएका छन् । भट्टराई विरामी भएपछि उनलाई उपचारका लागि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

अचानक अस्वस्थ भएपछि पौने तीन बजे अस्पताल भर्ना गरिएका भट्टराईको इमरजेन्सीमा उचार भइरहेको छ । भट्टराईको अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जानकारी दिएको छ ।