अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा सकारात्मक सोच तथा तनाव व्यवस्थापन सम्बन्धी ३ दिने तालिम शुरु भएको छ ।
कर्मचारी मिलन केन्द्रको आयोजनामा आज सोमवारदेखि सन्धिखर्क स्थित जिल्ला प्रहरी कार्यालयको सभाहलमा सकारात्मक सोच तथा तनाव व्यवस्थापन सम्बन्धी तालिम हुने भएको हो ।
तालिम ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको सहजीकरणमा हरेक दिन विहान ७ देखि ८:३० बजेसम्म संचालन भएको छ । तालिम चैत्र २३ गते चल्ने छ ।