अर्घाखाँचीको ठाडामा बन्चरो प्रहारबाट श्रीमतिको हत्या गरेका श्रीमानले गरे आत्महत्या

मध्यपुर्वको दुबई स्थित अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि हाल:रुपन्देहीको बुटबल बाट

उमाकान्त पाण्डे गाउले को समाचार विवरण



बुटवल जेष्ठ २३ आईतवार, अर्घाखाँचीको ठाडा ३ चाक्लामा एक ५८ बर्षिय ब्रिदा श्रीमान ले आफ्नै श्रीमतीको बन्चरो प्रहार गरी  फ़रार भएका भनिएका श्रीमानले समेत आत्महत्या गरेको तत्कालिन समाचार  भर्खरै प्राप्त भएको छ। अर्घाखाँचीको अलिक बिकसित गाबिस मानिने ठाडा ३ चाक्लामा गएराती आफ्नै श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरे पछी श्रीमान फरार भएको  ईलाका प्रहरी कार्यालय ठाडा चौकीले जनाएको थियो । श्रीमतीको बन्चरो प्रहारबाट हत्या गरि फ़रार भएका भनिएका श्रीमान दिल बहादुर सुनुवारले घर छेउमै डोरि को पासो लगाएर  आत्महत्या गरेका छन । उनको शव भर्खरै मात्र भेटिएको हो । हामीले केहि समय अघि प्रकाशन गरेको समाचार विवरण अनुरुप त्यसमा उल्लेख गरिएको थापा थर नभै उनि सुनुवार रहेको र भ्रम मा नपर्न पनि अनुरोध गर्दछौ ।   



गएराती १२ बजे तिर घरमा झगडा चलेको सुनिएको ले गाउले ले हरु आज बिहान सोही घरमै जम्मा भई समाचार प्रकाशमा ल्याएका थिए । फ़रार भनिएका ह्त्यारा श्रीमानको गाउले तथा प्रहरिको सहयोग मा खोजतलास गर्दा उनि घर नजिकैको रुख मा डोरिको पासो लगाइ झुण्डीएर आत्म हत्या गरेको स्थितिमा फ़ेला परेका हुन ।  के कती कारणले श्रीमतिको  हत्या गरि आफ़ुले समेत आत्महत्या गर्न पुगे भन्ने बारे अझै केही खुल्न सकेको छैन । आफ्नै धर्मपत्नी बसन्ती सुनुवारको ५८ बर्षिय श्रीमान दिल बहादुर सुनुवारले  बन्चरोको बिड ले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घरमा रातको १२ , १ बजे तिर हल्ला गरेको सुनिए पनि गाउले हरु त्यस समयमा सामान्य बिषयमा हुन सक्ने घरायसी झगडा ठानी नजुटेकोले यथार्थ जानकारी तथा प्रत्यक्षदर्शी आफुहरु हुन नसकेको गाउले हरुको भनाई रहेको छ । दुबैको शवलाई परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा राखिएको छ । ठाडा ईलाका प्रहरी कार्यलयको जानकारीलाई उद्रित गर्दै हाम्रा मध्यपुर्वको दुबई स्थित अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि हाल रुपन्देहीको बुटबलमा रहेका अर्घाखाँची बल्कोटका ३ साजबोटका सन्चारकर्मी उमाकान्त पाण्डे गाउले ले जनाएका छन ।   



अर्घाखाँची सन्धिखर्कमा बर्षायाम र बिबिध कारण बाट सन्धिखर्क बजार मा केही दिन यताबाट बिद्युत आपुर्ती नभएको जनाउदै समाचार छिट्टो छरितो प्रकाशन गर्नका लागि जुट्न नसकिएको त्यहा स्थित अर्घाखाँची डट्कम् युनिटले जनाएको छ । यधपी बिबिध साधनको प्रयोग बाट प्रयास गर्दै अनियमित बिद्युत बितरण प्रकृयामा समेत सुक्ष्म अध्ययन गरिरहेको र यो प्रकृया निरन्तर रहे संचारमाध्यमको कर्तब्य ठानी जनस्तरमा पर्दा फास गर्ने अर्घाखाँची डट्कम् युनिटले जनाएको छ । 


अन्य समाचारहरु