तस्बिर स्रोत: “युरो न्युज टेलिभिजन” २००८/फाइल
– वीरेन्द्र केसी
अर्घाखाँची – विद्यालय व्यपस्थापन समिति समेत दलहरुले भागवण्डाका आधारमा बाँडेका छन । यहाँका चार ठुला दल माओवादी काग्रेस एमाले र राष्ट्रिय जनमोर्चाका जिल्ला स्तरीय शीर्ष नेताहरुको आपसी समझदारीमा विद्यालय व्यवस्थापन समितिको पद बाँडफाँड गरेका हुन । सदरमुकाम लगायत गाउँमा समेत दलका उच्च नेतृत्व तहका नेता समितिको अध्यक्ष र सदस्यामा बसेका छन ।
सहमतीका आधारमा शिक्षा नियमावलीलाई समेत मिचेर बाँडिएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्य पदमा नेतालाई मनोनयन गरेका छन । नलले आफना नेतालाइृ समितिका मनोनयन गरेकोमा अभिभवक भने रुष्ट छन । सदरमुकामको जनज्योती उच्च माविमा नेपाली काग्रेसका जिल्ला सभापती पीताम्बर शर्मा भगवती उच्च माविमा एमाले जिल्ला उप सचिव कुलदिप भुसाल व्यवस्थापन समितिको अध्यक्ष भएका छन ।
त्यस्तै बागीको शान्ती उच्च माविमा माओवादीका जिल्ला ईन्चार्ज चन्द्र बहादुर खडका अर्घा रजस्थल माविमा माओवादीका जिल्ला सचिवालय सदस्य राम बहादुर रायमाझी आदर्श उमावि खनदहमा माओवादीका जिल्ला सचिवालय सदस्य जीवन चौहान शान्ती उमावि धारापानीमा राष्टिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसी विद्या विनय निमाविमा जनमोर्चकै केन्द्रिय सदस्य शेर बहादुर विसी भानु मावि मैदानमा एमाले क्षेत्र नं २ का अध्यक्ष जीव नारायण कोईराला लगायत जिल्लाका अधिकाश विद्यालयमा यस्तै दलका नेता मात्रै नभएर समितिमा कर्मचारी समेत बसेका छन ।
यसोधरा निमावि जिल्ला शिक्षा कार्यलयका सहायक बुद्धिराम गैरे बाल प्रावि तुमकोटमा जिल्ला स्वास्थ्य कार्यालयका यम प्रस्राद श्रेष्ठ भगवती प्रावि वागलामा स्रोत व्यक्ति नम बहादुर िसंह लगायत बसेको स्रोतले जनाएको छ ।
यी विद्यालयका अध्यक्षले आफना छोराछोरीलाई नीजि बोडिमा पढाएका छन । जिल्लाका २४ उमावि ६१ मावि ५१ निमावि २ सय ८८ प्राविमा अधिकाश विद्यालयमा नेता र कर्मचारी अध्यक्ष र सदस्य पदमा बसेको स्रोतले बतायो । शिक्षा नियमावलीमा सम्बन्धित विद्यालयमा छोराछोरी पढने अभिभावक मात्र अध्यक्ष हुन पाउने व्यवस्था छ । काग्रेसका जिल्ला उपसभापती विष्णु मुस्कानले दलिय आधारमा भागवण्डा नभएको दावी गरे ।
उनले दलका नेता विद्यालय व्यवस्था समितिको अध्यक्ष र सदस्यमा बस्न केही नहुने बताए । दलीय आधारमा दलका नेता विद्यालय व्यवस्थापन समितिमा बस्ने व्वस्था कानुनमा नभएको जिल्ला शिक्षा अधिकारी विष्णु बहादुर द्धारेले बताए । उनले गाउबाट स्थानीय गाउबाटै बनाएर ल्याएपछि केही गर्न नसक्ने बताए । विद्यालय व्यवस्थापन समिति गठन गर्दा अधिकाश अभिभावकलाई थाहै हुदैन स्थानीय अभिभावक श्याम क्षेत्रीले भने दलका उच्च स्तरीय नेता बसेर मनोनयन गरेपछि थाहा पाईन्छ ।