जब जब राष्ट्रियता जनतन्त्र तथा प्रजातन्त्रमाथि खतरा उत्पन्न हुने गर् यो तमाम देशभक्त जनतान्त्रिक शक्तिहरु एक जुट भएर संघर्ष गरेको इतिहास हाम्रो सामु छ । चाहे त्यो जाहनीया राणा शासनको अन्त्यका लागि होस वा ३० वर्षे पाचायती शासनका विरुद्ध चाहे त्यो प्रतिगमनको विरुद्ध होस वा संविधानसभाको चुनावको मागको सवालमा होस देशभक्त जनतान्त्रिक शक्तिहरु संसारको कुनै पनि कुनामा रहेतापनि देशमा हुने सबैखाले जनपक्षीय आन्दोलनहरुलाई प्रत्यक्ष वा परोक्ष रुपबाट सहयोग र समर्थन गर्दै आएका छन् । यस पटक प्रवासमा रहेका नेपालीहरुले राष्ट्र र राष्ट्रियताको रक्षाको आन्दलनमा ऐक्यवद्धता जनाएका छन् ।
नेपाल जस्तो बहुभाषिक बहुजातीय बहुधार्मिक तथा आर्थिक रुपबाट कमजोर देशमा संघीयताले द्वन्द्व श्रृजना गर्दछ । त्यसमा पनि जातीय राज्यको तथा उक्त राज्यलाई पृथक हुने आत्मनिर्णको अधिकारले मुलुकलाई विखण्डनको दिशामा लैजाने कुरामा कुनै शंका रहन्न । विखण्डनकारीहरुको यो कदमलाई चिर्दै देशमा संघीयता विरुद्धको संघर्षले नयाँ आयाम प्राप्त गर्दै गैरहेको छ । नेपाल जस्तो विविधता भएको मुलुक संघीयतामा गएमा जातीय क्षेत्रीय द्वन्द्वहरु चर्किने र अन्ततः राष्ट्र विखण्डनमा आउने देखिँदैगएको वेला मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको तत्वाधानमा भारतस्थित नेपालीहरुले संघीयता बिरुद्द आन्दोलनप्रति ँहोस्टेमा हैंसे