चार्जमा राखेको मोवाइल पडकेर १६ वर्षीया एक किशोरीको मुत्यु

कास्की, जेष्ठ २५ –  चार्जमा राखेको मोवाइल पडकेर मंगलबार बिहान  एक  किशोरीको  मुत्यु भएको छ । कास्कीको भरतपोखरी,५ चुवादी की १६ वर्षीया निकिता थापाको मृत्यु भएको हो ।


चार्जमा रहेको मोवाइलबाट कुराकानी गर्ने क्रममा हाई भोल्टेज आएपछि मोवाइल संगै नजिकै रहेको ट्रान्समिटर समेत पडकेर उनको मुत्यु भएको  प्रहरीले जनाएको छ ।


  मोवाइल र ट्रान्समिटर पडकेर घाइते भएकी थापाको  उपचारको क्रममा तनहुको बेलचौतारा  स्थित सेती गंगा सामुदायिक अस्पतालमा मुत्यु भएको हो ।