रुद्रमणि भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको कृषि बिकास बैक लिमिटेडको आयोजनामा कम्पुटर तथा प्रिटर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ र कृषि बिकास बैक लिमिटेड भैरहवाका बरिष्ठ शाखा अधिकृत जयनेपाल श्रेष्ठ , बरिष्ठ अधिकृत नबराज गौतम र कृषि बिकास बैक अर्घाखाँची शाखाका प्रमुख दुर्गा प्रसाद खनालले सयुतm रुपमा अर्घाखाँची दुध उत्पादन बिक्रिबितरण सहकारी सस्थाका अध्यक्ष चन्द्रमणि बन्जाडेलाइ एक कार्यक्रमका बिच कम्पुटर तथा प्रिटर हस्तान्तरर्ण गनु भएको हो ।
त्यस्तै अर्घाखाँची दुध उत्पादन बिक्रिबितरण सहकारी सस्थाका आवद्ध किसानहरुलाई क्रेडिट कार्ड एप्स यमपोष मेसिन बितरण र किसानहरुबिच द्यद्दद्य छलफल समेत गरिएको छ । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ र कृषि बिकास बैक लिमिटेड भैरहवाका बरिष्ठ शाखा अधिकृत जयनेपाल श्रेष्ठ , बरिष्ठ अधिकृत नबराज गौतम र कृषि बिकास बैक अर्घाखाँची शाखाका प्रमुख दुर्गा प्रसाद खनाल , वार्ड नं. २ का वडा अध्यक्ष पोतिजङ्ग रायमाझी , समाज सेबी कुशल भुसाल लगायतले मनतब्य राख्नु भएको थियो ।
कार्यक्रम कृषि बैकका कर्मचारी नारायण खनालको संचालनमा सम्पन्न भएको हो ।