झण्डै एक वर्ष अघि ल्याइएको विशेष सुरक्षा योजनाले पूर्वी नेपालमा महत्वपूर्ण सफलता पाएको अधिकारीहरुको दावी

झण्डै एक वर्ष अघि ल्याइएको विशेष सुरक्षा योजनाले पूर्वी नेपालमा महत्वपूर्ण सफलता पाएको अधिकारीहरुको दावी छ।

तर भुक्तभोगीहरुले त्यो दावी खोक्रो भएको बताएका छन्।


खासगरी उद्योगी व्यापारीहरुले सरकारी सुरक्षा योजनाको प्रभाव अनुभव गर्न नसकेको गुनासो गरेका छन्।


थरिथरिका सशस्त्र समुहको जन्म र हत्या, अपहरण, चन्दा असुली, धम्की र प्रहरी चौकीमाथिको आक्रमण कम गर्न भनेर सरकारले करिब दश महिना अघि विशेष सुरक्षा योजना ल्याएको थियो।


एक चौथाइ


सुरक्षा योजना लागु भएयता पूर्वी नेपालमा बन्द हड्ताल, चन्दा र अपहरणका घटनामा कमी आएर एक चौथाइ पुगेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।


विशेष सुरक्षा योजना लागु भएयता पूर्वी पहाडी जिल्लाहरुमा सशस्त्र प्रहरी र तराईका जिल्लामा नेपाल प्रहरीले सुरक्षा बेस स्थापना गरेपछि हत्या, अपहरण र चन्दा आतंक कम भएको विराटनगरका प्रमुख प्रहरी नायव महानिरिक्षक भीष्म प्रसाईंले बताए।


पूर्वी नेपालमा किरांत वर्कर्स पार्टीले सशस्त्र क्रियाकलाप बढाएपछि प्रहरीले वर्कर्सलाई मुख्य निशाना बनाएर विशेष सुरक्षा दस्ता