एमाले अध्यक्ष झलनाथ खनाल कार्यक्रममा सहभागी हुने क्रममा घाइते

काठमाडौँ, जेठ २७ – एमाले अध्यक्ष झलनाथ खनाल आज बिहान काठमाडौँमा भएको एउटा कार्यक्रममा सहभागी हुने क्रममा घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको छ। 


नयाँ बजारमा रहेको पिपल्स डेन्टल कलेजको कार्यक्रममा सहभागी भएका खनाल माल्यार्पण गर्दैगर्दा लडेर  घाइते भएका हुन्। 

उनलाई  उपचारका लागि मनमोहन अस्पतालमा लगिएको छ।