काठमाडौ, जेष्ठ २८ – प्रमुख सत्तारुढ दलहरु काग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा भएको छ ।
शुक्रबार बिहान सुरु भएको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालसमेत सहभागी थिए । बैठकले यसअघि काँग्रेस र एमालेका शीर्ष नेताहरुले तयार पारेको सहमतिको प्याकेजलाई अन्तिम् रुपमा दिने नेताहरुले बताएका छन् ।
यसअघि शीर्ष नेताहरुको बैठकले माओवादीसंग सहमति गर्नका लागि प्याकेज तयार पारेको थियो । प्याकेजमा चार महिनाभित्र माओवादी सेनाका लडाकुहरुको समायोजन तथा पुनस्थापनालगायत सक्ने लगायतका बुंदा रहेका छन् ।



