सन्धिखर्कमा अर्घाखाँची बेकरी एण्ड केक सपको उदघाटन

tvs
अर्घाखाँची डटकम, संवाददाता ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका -१(बसपार्क मुनि ठाडो उकालो) मा अर्घाखाँचीमा पहिलो पटक वेकरी उत्पादन गरेको जय सन्तोषीमा वेकरी उधोगका संचालक राजु बस्नेतले नयाँ प्रविधि सहितको अर्घाखाँची वेकरी एण्ड केक सपको संचालनमा ल्याएका छन।
गुणस्तरीय र ताजा वेकरी तथा केक आजको जनताको माग भएकोले,जनताको माग अनुसार सेवा प्रदान गर्ने उदेश्यले नया प्रविधि र दक्ष मिस्रीद्वारा स्थानीय कच्चा पदार्थ प्रयोग वेकरी तथा केकको उत्पादन र विक्रि वितरण गर्न यस बेकरी एण्ड केक सप संचालनमा ल्याएको संचालक राजु बस्नेतले बताए।
उनले यस अर्घाखाँची बेकरी एण्ड केक सपमा केक,पेष्ट्री,समोसा,पाउरोटी,डुनट,विस्कुट,क्रिमरोल,ब्रेड र बेकरिज आईटमहरु पाउनुका साथै १५ मिनेटमा बर्थ डे केक तयार गरिने बताए।

अन्य समाचारहरु