आज जिल्लाका ५०० भन्दा बढी अनंकित कर्मचारी एकैपटक विदामा बस्दै


– अनिल नेपाली ,अर्घाखाची डट्कम । 
राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको अगुवाईमा प्रस्तावित संघीय निजामती सेवा ऐनमा राजपत्र अनंकित कर्मचारीको वृति विकासमा संकुचन गर्ने गरि मस्यौदा तयार गरिएको र  तलवमा गरिएको असमान वृद्विको बिरोध स्वरूप आज एकै दिन जिल्लामा कार्यरत सम्पुर्ण राजपत्र अनंकित कर्मचारी विदामा बस्ने भएका छन । 
आज जिल्लाका ५०० भन्दा बढी अनंकित कर्मचारी एकैपटक विदामा बस्दै
फ्रन्ट लाईनमा बसेर सेवा प्रवाहा गर्ने अनंकित कर्मचारी जनताको नजरमा सरकारका आधिकारिक प्रतिनिधि हुन तर सरकार तिनै कर्मचारीलाई विभेद गर्ने गरि संघीय निजामति सेवा ऐनको मस्यौदा तयार गरेर अघि बढेकोले बाध्य भएर आन्दोलन गर्नु परेको आधिकारीक  ट्रेड युनियन अर्घाखाँचीका अध्यक्ष कृष्ण बर्माले बताएका छन । 
आज जिल्लाका ५०० भन्दा बढी अनंकित कर्मचारी एकैपटक विदामा बस्दै
आजको कार्यक्रमा जिल्लामा क्रियाशील सबै ट्रेड युनियनको एक्यवद्धता जनाएका छन । आजको कार्यक्रम  सफल पार्न नेपाल निजामती कर्मचारी युनियन अर्घाखँचीका अध्यक्ष माधव अर्याल नेपाल निजामती कर्मचारी संगठन अर्घाखँचीका अध्यक्ष गणेश प्रसाद भण्डारी र नेपाल राष्ट्रीय कर्मचारी संगठनअर्घाखँचीका सचिव माधव भुसालले आह्वान गरिसकेका छन।
 वृति विकासको सुनिश्चितता,चक्रिय सरूवा प्रणाली, अनुमान योग्य र वैज्ञानिक तलव प्रणाली लगायतका मागहरू राखेर पहिलो चरणको आन्दोलन स्वरूप एकैपटक अनंकित कर्मचारी विदामा बस्न लागेका हुन । आफ्ना मागहरूवारे प्रमुख जिल्ला अधिकारीज्यू मार्फत सम्माननीय प्रधानमन्त्रीलाई यस अघिनै सवै ट्रेड युनियनले संयुक्त  ज्ञापनपत्र बुझाईसकेका थिए ।

अन्य समाचारहरु