बन्चरेडाँडाका बासिन्दा द्वारा काठमाडौंको फोहोर खन्याउन अवरोध,१४ टिपर र सडक बनाउने डोजरमा तोडफोड






काठमाडौं। बन्चरेडाँडाका बासिन्दाले काठमाडौंको फोहोर खन्याउन अवरोध गरेका छन्।

मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको भन्दै स्थानीयले फोहोर बोकेको १४ वटा टिपर र सडक निर्माणमा प्रयोग गरिएका तीन वटा डोजरमा तोडफोड गरेका छन्।


महानगरसँग आफुहरुले राखेका माग बेवास्ता गरेको उनीहरुको आरोप छ।

उनीहरुले भदौदेखि बन्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका थिए।

सडक मर्मतलगायतका माग राख्दै एक महिनादेखि स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका छन्।

यसअघि महानगरसँग १८ बुँदे सम्झौता कार्यान्वयन नभएको स्थानीयको आरोप छ। स्थानीयको अवरोधका कारण काठमाडौंको फोहोर चोक चोकमा थुप्रिएको छ।