-टेकनारायण भट्टराई, नागरिक
पाल्पा, जेठ २९ – पाल्पाको गिठापौवामा भएको ट्याक्टर दुर्घटनामा परी एक १२ वर्षिया बालिका सहित तीन जनाको मृत्यु भएको छ। सदरमुकाम तानसेनदेखि करिब ४० किलोमिटर टाढा भएको दुर्घटनामा एक प्रहरी भने ज्यान जोगाउन सफल रहे। मृत्यु हुने अन्यमा चालक र सहचालक रहेका छन्।
लु १ त ७५२६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १२ वर्षिया अनिता बराल, चालक लोकबहादुर अर्गाली र सहचालक शंकर पाण्डेको निधन भएको हो। चौथो यात्री भोजराज रास्कोटी भने हामफालेर बच्न सफल भएका छन्।
बस दुर्घटनामा १० घाइते
यसैगरी बुटवलबाट गुल्म जाँदै गरेको बस र पाल्पाबाट बुटवल जाँदै गरेको ट्रक ठोकिँदा बसमा यात्रारत १० जना घाइते भएका छन्। लु १ ख ५७१५ नम्बरको बस र लु १ ख ४०६४ नम्बरको ट्रक ठोकिँदा घाइते भएका हुन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।