नेपालमा मनसुन सुरु हुन अझै केही दिन लाग्ने भएको छ । मौसम विज्ञान तथा पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले उत्तर वङ्गालको खाडीमा मनसुन सक्रिय हुन थालेकाले अब उत्तरतर्फ विस्तारै लागेर नेपालमा चार/पाँच दिनमा आउनसक्ने अनुमान गरिएको बताउनुभयो ।
उहाँले मनसुनको सङ्केत देखिएकाले पहाडी क्षेत्रमा अहिले आंशिक बादल लागी क्षणिक वर्षा हुने प्रक्रिया सुरु भएको बताउनुभयो ।
श्रेष्ठले नेपालमा १० जुनसम्ममा मनसुन सुरु हुनुपर्नेमा यसपटक करिब एकसाता ढिलो हुनसक्ने अनुमान गरिएको जानकारी दिनुभयो ।