निर्वाचन आचारसहिता सम्वन्धी सरोकारबाला निकाय सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

– अनिल नेपाली ,अर्घाखाँची 
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश श्रीकृष्ण भट्टाराईले निर्वाचनलाई भयरहित निष्पक्ष बाताबरणमा सम्पन्न गर्नको लागि सबै राजनितिक दल सरोकारबाला निकायले महत्वपुर्ण रुपमा भुमिका खुल्नुपर्ने बताउनुभएको छ ।
निर्वाचन आचारसहिता सम्वन्धी सरोकारबाला निकाय सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
मुख्य  निर्बाचन अधिकृतको कार्यालय अर्घाखाँचीद्वारा निर्बाचन आचारसंहिता सम्बन्धमा सरोकारवालाहरु सग आज सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम न्यायधीश भट्टाराईले यस्तो बताउनुभएको हो । भट्टराईले विगतका निर्वाचनपनि जिल्लामा निप्ष्क्ष भयरहित बाताबरणमा सम्पन्न भएको बताउदै आगामी निर्वाचनलाई पनि भय रहित बाताबरणमा सम्पन्न गर्नु पर्ने बताए। 
निर्वाचन आचारसहिता सम्वन्धी सरोकारबाला निकाय सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
 कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जिल्लाको शुरक्षा अवस्था सम्बन्धि जानकारी गराउनुको साथै निर्वाचनलाई भएररहित निप्पक्ष बाताबरणमा सम्पन्न गर्नु अहिलेको आबश्यकता रहेको बताए । कार्यक्रम निर्बाचन अधिकृत शुरेश भन्डारीले निर्बाचन आचारसंहिता सम्बन्धि  कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
निर्वाचन आचारसहिता सम्वन्धी सरोकारबाला निकाय सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
 कार्यक्रममा मंसिर –४ गते सम्पन्न हुन गइ रहेको निर्बाचन २०७९ को लागी मनोनयनपत्र दाखिला गर्नु भएका उम्मेदवारहरु जिल्ला स्थित राजनैतिकदलका प्रमुख तथा प्रतिनिधिहरु ,जिल्ला स्थित स्थानीयतहका प्रमुख तथा प्रतिनिधि ,प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु ,जिल्ला स्थित कार्यालय प्रमुखहरु, स्थानीयतहका  प्रमुख प्रशासकीय अधिकृतहरु तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
निर्वाचन आचारसहिता सम्वन्धी सरोकारबाला निकाय सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
 उक्त अन्तरक्रिया कार्यक्रममा उम्मेदवार ,राजनैतिकदल संचारकर्मी लगायत निर्बाचनमा खटिने कर्मचारीले निर्बाचनमा पालना गर्नु पर्ने आचारसंहिता  सम्बन्धि अन्तरसंवाद गरिएको थियोे।
निर्वाचन आचारसहिता सम्वन्धी सरोकारबाला निकाय सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
 अन्तरसबाद कार्यक्रममा पूर्ब उपसमाभुख तथा प्रतिनिधिसभा सदस्य उम्मेदबार पुष्पा भुसाल,पुर्ब प्रदेश सभासद तथा क्षेत्र न २ का नेकपा एमालेबाट  प्रत्यासी रामजी प्रसाद घिमिरे क्षेत्र न २ का नेपाली काग्रेसका प्रत्यासी कमल प्रसाद भुसाल राजमोबाट क्षेत्र न १ का प्रत्यासी सागर केसी लगायतले कार्यक्रममा मन्तब्य राख्नु भएको थियो ।
 कार्यक्रम मुख्य निर्बाचन अधिकृत तथा जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको अध्यक्षता ,सहायक निर्बाचन अधिकृत जिल्ला अदालतका अर्घाखाँचीका  श्रेतेदार महेश खनालको संचालनमा सम्पन्न भएको थियो

अन्य समाचारहरु