उनीहरुले तीन प्रमुख दलका शीर्ष नेताहरु उपस्थित राजधानीमा आयोजित एउटा कार्यक्रममा बेपत्ता पार्ने कार्यमा दोषी ठहरिएकालाई तुरुन्त कारवाही गर्न माग गरेका छन्।
दश वर्षे सशस्त्र द्वन्द्वका बेला ठ्याक्कै कतिजना बेपत्ता भए त्यो स्पष्ट छैन।
तर मानवअधिकारको क्षेत्रमा काम गरिरहेका विभिन्न संस्थाहरुका अनुसार द्वन्द्वका बेला राज्य पक्षबाट बेपत्ता बनाइएका एकहजार भन्दा बढी र गैरराज्यपक्षबाट बेपत्ता बनाइएका दुईसय भन्दा बढी नागरिकहरुको अझै अत्तोपत्तो छैन।



