एमाले र कांग्रेसले तयार पारेको सहमतिको कार्ययोजनाको पस्तावको माओवादी बैठकमा छलफल

प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेसले तयार पारेको सहमतिको कार्ययोजनाको पस्तावको विषयमा एकीकृत नेकपा माओवादी केन्द्रीय  समितिको बैठकमा छलफल भएको छ।


पार्टीको औपचारिक धारणा तय गर्न आज बसेको बैठकले औपचारिक धारणा भने तय गर्न सकेन। बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया र सेनासमायोजनको खाका प्रस्तुत गरेपछि भोलि बस्ने गरी बैठक स्थगित भएको सचिव पोष्टबहादुर बोगटीले जानकारी दिनुभयो।


पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज बसेको बैठक अध्यक्ष प्रचण्डको व्यस्तता र विभिन्न विषयमा थप छलफल गर्नुपर्ने भएकाले भोलि बस्ने गरी बैठक स्थगित गरिएको पार्टी सचिव बोगटीले जानकारी दिनुभयो।