रोजगारीका लागि दक्षिण कोरिया जानेहरुका लागि आवेदन र्फम खुलेको छ। आजबाट असार ४ गतेसम्मको लागि र्फम खुलाइएको हो। सहज वातावरणमा र्फम भर्ने सुविधाका लागि राजधानीको दशरथ रंगशालामा व्यवस्था गरिएको छ।
फारम भर्ने व्यक्तिले ग्लोबल बैंक एक हजार दुई सय ७५ रुपैयाँ बुझाउनु पर्नेछ। नेपाल सरकार र दक्षिण कोरियाली सरकारसँग २०१० को जनवरीमा भएको श्रम सम्झाैता अनुसार दक्षिण कोरियाली सरकराले यसपाली चार हजार नेपाली कामदार माग गरेको छ।
यसअघि भएको सम्झौता अनुसार ४ हजार नेपाली रोजगारका लागि कोरिया पुगिसकेका छन् भने बाँकी दुई हजार बढी जाने प्रक्रियामा रहेका छन्। आज बिहान ९ बजेदेखि साँझ ६ बेजसम्म फारम काउन्टर खुला गरिएकोमा भोलिबाट बिहान १० बजेबाट साँझ ७ बजेसम्म काउन्टर खुला गरिने वैदेशिक रोजगार विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले जानकारी दिनुभयो।