एड्सको अन्त्यका लागी समानताको सुनिश्चितता भन्ने मुल नाराका साथ ३५ औं बिश्व एड्स दिवस अर्घाखाचीमा मनाइयो ।

 

nettv-worldcup2022.jpg

– अनिल नेपाली ,अर्घाखाची डट्कम। 

अर्घाखाँचीमा पनि ३५ औं विश्व एड्स दिवस एक समाराेहका बिचमा मनाइएको छ । एड्सको अन्त्यका लागी समानताको सुनिश्चितता भन्ने मुल नाराका साथ ३५ औं बिश्व एड्स दिवस सरोकारवाला तथा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरि मनाइएको हो । यसो त नेपालमा स.न २०३० सम्ममा एड्स रोग निर्मुल पार्ने रणनिती छ ।

एचआइभी र एड्स सम्वन्धी प्रभावकारी रोकथाम, हेरचाहा, सहयोग तथा उपचार सेवाको लागी बिश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो ।

No description available.

एड्सबाट हालसम्म धेरै मान्छेको ज्यान पनि गइसकेको छ । यो रोग एक यौन संक्रिमित रोग हो । जथाभावी यौन सम्पर्क गर्दा यो रोगको संक्रमित हुने गर्दछन् तर यो रोग यौन सम्पर्कको माध्यमबाट मात्र नभइ निर्मलिकरण नगरिएका सिरिन्जको प्रयोगबाट, र्यालबाट शरिरका अंगहरु प्रत्यारोपण गर्दा तथा संक्रमिच आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चामा समेत सजिलै सर्ने गरेको विज्ञहरुले बताउन्छन् ।

नेपालमा एड्स रोग ४८ प्रतिशतले गिरावट भएतापनि हालसम्म संक्रमित ३० हजार भन्दा बढी रहेका छन् । नेपालमा २२ हजार ७ सय ३५ जनाले नियमित औषधी सेवन गरिरहेका बताइएको छ । यस्तै लुम्बिनी प्रदेशमा ५ हजार ३ सय ८३ जना एड्स संक्रमित रहेका छन् भने ४ हजार ३ सय २५ जनाले नियमित औषधी सेवन गर्नै गरेको जानकारी पाइएको छ ।

images

No description available.

 

images

अर्घाखाँची जिल्लामा हालसम्म १ सय ६३ जनामा एचआईभी संक्रमण देखिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीको तथ्याकंमा उल्लेख छ । जिल्लामा हालसम्म ५४ जनाको एचआईभी एड्स कारण मृत्यु भएको छ भने १ सय २९ जना संक्रमितले नियमित औंषधि सेवन गरिरहेका स्वास्थ्य कार्यालय अर्घाखाँचीका एड्स फोकल पर्शन बिजय बिक जानकारी दिए ।

images

एड्स फोकल पर्शन बिजय बिकले एचआईभी संक्रमितले समयमा औषधी सेवन गरेमा अन्य रोगीहरु झै बाच्न सकिने बताउदै संक्रमितलाई नडराईकन अगाडी आएर औषधी सेवन गर्न आग्रह गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोइराला, स्वास्थ कार्यालयका स्वास्थ निरीक्षक गणेश राज पौडेल, सन्धिखर्क नगरपालिका स्वास्थ शाखा प्रमुख पुर्ण पराजुली, स्वास्थ कार्यालय अर्घाखाँचीका एड्स फोकल पर्शन बिजय बिक, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल विभिन्न मिडियामा कार्यरत संचारकर्मी तथा सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

Nepal life insurance

स्वास्थ्य कार्यलय अर्घाखाँचीको आयोजना, मल्लरानी ग्रामीण बिकास सरोकार केन्द तथा सन्देश सहयोग समूह अर्घाखाँचीको सहकार्यमा सम्पन्न कार्यक्रममा स्वास्थ कार्यालय अर्घाखाँचीका निमित्त कार्यालय प्रमुख राम प्रसाद गौतमको अध्यक्षता स्वास्थ निरीक्षक गणेशराज पौडेलको स्वागत मन्तव्य तथा स्वास्थ निरीक्षक गिता भुसालको संचालनमा सम्पन्न भएको थियोे ।