सभ्य समाज निर्माणको लागि सबैले जिम्मेबारी लिनुपर्छ – प्रमुख श्रेष्ठ

 

अनिल नेपाली, अर्घाखाची डट्कम। 
अर्घाखाँची २४ मसिर

सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सभ्य र आधुनिक समाज निर्माणको लागि सबैले पहलकदमी लिनुपर्ने बताउनुभएको छ ।

No description available.

‘सभ्यसमाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मुल नारा सहित अर्घाखाँचीको सन्धिखर्क नगरपालिका महिला तथा बालबालिका जेष्ठ नागरिक शाखाको आयोजना UNFPA र सिदार्थ सामाजिक विकास केन्द्र कपिलबस्तुको सहकार्यमा आयोजना गरिएको लैङ्गिक हिसा विरुदको १६ दिने अभियानको सभापन तथा अन्तरक्रिया कार्यक्रममा मन्तब्य राख्दै श्रेष्ठले यस्तो बताउनुभएको हो ।

No description available.

नगर प्रमुख श्रेष्ठले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन मात्र नभई ३ सय ६५ दिन नै सचेत ढंगले यो अभियान चलाउनु पर्ने बताउदै समाजमा अझै पित्तृसत्तात्मक सोच, सामाजिक मुल्यमान्यताका कारणले केही आशिक रुपमा समस्या देखा परेता पनि तिनको न्युनिकरण गर्नेको लागि जनचेतना सशक्तिकरणको आबश्यकता रहेको बताउदै अब नगरपालिकाले गाँउ गाँउ वडा वडामा जनचेतना सशक्तिकरणको अभियान चलाएर हिसारहित सभ्य समाज निर्माणको थालनी गनुपर्ने बताए ।

No description available.

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले मन्तब्य राख्दै समाजमा केही अज्ञानता अशिक्षाको कारणले केही समस्या देखा परेता पनि नेपालको सविधानले महिलालाई विशेष अधिकार प्रदान गरेको बताउदै ती समस्यालाई न्युनिकरण गर्नको लागि सरोकारबाला निकाय र आम नागरिक अधिकारकर्मीले अभियान चलाएर सभ्य समाज निर्माणको लागि पहलकदमी गर्नुपर्ने बताए ।

images

No description available.

यो अभियान नगरपालिकामा २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म समुदाय स्तरदेखि स्थानीय, तहमा सञ्चालन गरिएको थिथो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल प्रहरी निरिक्षक अर्जुन पौडेलले कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।

images

No description available.

कार्यपत्रमा विभिन्न सहभागिले टिप्पणी गदै सविधानले महिलालाई अधिकार प्रदान गरेतापनि व्यबहारमा भने लागु नभएको बताएका थिए। कार्यक्रममा वडा अध्यक्ष कार्यपालिका सदस्य नगरसभा सदस्य अन्तर पार्टी महिला सञ्जाल अल्पाकालिन सुरक्षा गृह, एकल महिला ईन्सेक लगायतका सघ संस्थाका प्रमुख तथा प्रतिनिधि पत्रकार महासघका सहसचिब अनिल नेपाली UNFPA जिल्ला सयोेजक सुजता सुब्बा , सिदार्थ सामाजिक विकास केन्द्र कपिलबस्तु कार्यक्रम सयोजक निशा पन्थी लगायतको आतिथ्यता रहेको थियो ।

images

No description available.

कार्यक्रममा सन्धिखर्क नगरपालिका नगर उपप्रमुख मिश्रा आचार्यको अध्यक्षता ,महिला विकास निरिक्षक पुष्षा भुसालको सचालन शाखा सयोजक बेलकुमारी परियारको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।