अर्घाखाँचीमा आफ्नै श्रीमानको हत्या गर्ने महिला पक्राउ

 

 

banne_1.jpeg

– अर्घाखाची डट्कम सम्बाददाता ।

अर्घाखाँचीमा आफ्नै श्रीमानको हत्या गर्ने महिला पक्राउ । जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं १ चिदिका तुमचौरकी लक्ष्मी नेपालीले आफ्नै ७७ बर्षिय श्रीमान बल बहादुर सार्कीको हत्या गरेकी हुन् ।

No description available.

बलबहादुर र लक्ष्मी बिच मंसीर २४ गते साझ झगडा हुँदा बल बहादुर सार्कीले श्रीमतीलाई कुटपिट गरेका र सोही रिसले लक्ष्मी नेपालीले आफुले कम्मरमा बाँधको पटुका निकाली श्रीमानको घाँटीमा पासो लगाई दोस्रो तलाको दलिनमा झुण्डाई मारेको बयान दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे जानकारी दिए ।

No description available.

प्रहरीका अनुसार लक्ष्मीले पासोबाट लाश निकाली भुईमा राखी पटुका आफ्नो कम्मरमा बाँधी आफुलाई श्रीमानले कुटपिट गरेको भन्दै गुहार मागेकी थिईन । सार्की दम्पतिले झगडा हुनु पहिला रक्सी सेवन गरेका थिए ।

No description available.

images

लक्ष्मी नेपालीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाएको छ ।