ब्यक्तीगत लगानीमा गौंचौरमा बन्यो गौतम बुद्धको शालिक ।

banne_1.jpeg

– गंगासागर खड्का, अर्घाखाची डट्कम सम्बाददाता । 

भुमिकास्थान नगरपालिका वार्ड नं ९ को गौचौर दहमा महामानव गौतम बुद्धको शालिक स्थापना गरिएको छ । आज बाजागाजा र तामझामका साथ गौतम बुद्धको मुर्तिको प्रतिस्ठापन गरिएको हो । स्थानीयहरुको ब्यापक उपस्थित , सामाजिक ब्यक्तित्व , बुद्दीजिबी हरुको उपस्थितले उद्घाटन निकै हौसला पुर्ण देखिन्थ्यो ।

No description available.

झण्डै डेढ लाखको ( १,५०,०००) लागतमा उक्त शालिक निर्माण गरिएको स्थानीय सामाजिक ब्यक्तित्व किशोर रासकोटीले जानकारी दिनु भयो । जुन शालिकको सम्पुर्ण लागत/खर्च स्थानीय मनकारी ब्यक्तित्व दिपक बरौलेले गर्नु भएको छ । वहाले सामाजिक कार्यमा धेरै पटक सहयोग पनी गर्दै आउनु भएको छ ।

No description available.

निकट भविष्यमा यो बुद्ध बाटिकालाइ थप ब्यवस्थित र आकर्षक बनाउने लक्ष्य रहेको मन्दिरका डिजाइनर मिस्त्री थम्मन बरौलेले बताउनुभयो ।

No description available.

बैशाख पूर्णिमाको दिन बुद्ध जयन्तीमा मेला भर्ने योजना रहेको स्थानिय केशव सुनारले जानकारी दिनुभयो ।

No description available.

आजै समिति गठन गरी कोष स्थापना गरेर बुद्ध बाटिकालाइ थप आकर्षक बनाइने छ । ब्यक्तीगत लगानीमा गरिएको, यो कार्यलाइ सबै स्थानीयहरुले प्रशंशा गरेका छन ।

No description available.

जसबाट सामाजिक एकता र शान्तीको राम्रो संदेश प्रवाह हुने आकलन गर्न सकिन्छ । निकट भविष्यमै यहा पर्यटक भित्र्याउन सके फोटो खिच्न , टिकटक भिडियोहरु बनाउन निकै उचित ठाउ देखिने ,स्थानियहरुले बताए।

No description available.

कार्यक्रम जनक थापाको सन्चालन , दिपक बरौलेको बिशिष्ट अथित्व , प्रेम गैरेको प्रमुख अथित्व , सामाजसेवी थम्मन बरौलेको अध्यता/र समापन , सन्चारकर्मी गङगासागर खड्काको बिशेष मन्तव्यमा समापन भएको थियो ।