पाणिनिमा मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रमको वाल विकास सहजकर्ता लक्षित पाँचदिने तालिमको समापन,तालिम प्रति सहभागि सन्तुष्ट ।

 

 

-डिआरजी सुमन
दुर्गाफाँट ।

अर्घाखाँची । वालवालिकाको आधारभूत शिक्षालाई प्रभावकारी वनाउने उद्देश्यले पाणिनि गाँउ पालिका द्वारा आयोजित मुख्यमंत्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वाल विकास सहजकर्ताहरुको लागी ५ दिने मन्टेश्वरी तालिम तथा शैक्षिक सामग्री निर्माणकार्यशाला २०७९ पौष २५ देखी २९ सम्म संचालन हुनेगरी औपचारिक रुपमा उद्धाटन भएकोमा विविध प्रकारका शिक्षण सिकाईका कक्षा संचालनलाई समिक्षा गर्दै शुक्रवार एक औपचारिक कार्यक्रम विच समापन भएको छ ।

May be an image of 5 people and people standing

प्रारंभिक शिक्षण सिकाई क्रियाकलापवाट सुरु भएको निरन्तर कक्षाकोठा सजावटको लागी काग़ज़वाट संभव हुने विभिन्न सामग्री निर्माण गर्नेसम्वन्धि क्रियाकलाप,गणितीय ज्ञान तथा अवधारणा विकासका लागी खाक्सी पेपर द्धारा शैक्षिकसामग्री निर्माण सम्बन्धी क्रियाकलाप, नेपाली मात्राको शैक्षिक सामग्री निर्माण सम्बन्धी क्रियाकलाप, नैतिक ज्ञान सम्बन्धितप्रार्थना,नृत्य र नमस्कार सहित कथाको माध्यम वाट शिक्षण गर्ने तरिका सम्बन्धी क्रियाकलाप प्रयोगात्मक रुपमा प्रस्तुत गरिएका छन ।

May be an image of 5 people and people standing

आज औपचारिक समापन समारोहमा वोल्दै पाणिनि गाँउ पालिका प्रमुख प्रशासनिक अधिकृत हुमलाल भूसालले कार्यक्रमको मुख्य उद्देश्य र प्रभावकारीता वारे स्पष्ट पार्दै विद्यालयमा शिक्षकले विद्यार्थीलाई आमा र छोराछोरीको आभाष दिलाउनेगरी पढनपाठन गराउन यस प्रकारको तालीम ल्याईएको वताउदै पाँच दिन सम्म सिकेको कुरा कक्षामा प्रयोगगर्न निर्देशन दिनु भएको छ ।

May be an image of 8 people, people standing and indoor

images

यस्तै पाणिनि गाँउ पालिका शिक्षा शाखा का अधिकृत तेज वहादुर ख़नालले प्रशिक्षकले राम्रो तालीम दिएको वताउदै अव यसलाई व्यावहारिक रुपमा लागू गर्न तालिमका सहभागिलाई निर्देशन दिनु भएको छ ।

May be an image of 4 people, people standing and people sitting

images

 

पाणिनि गाँउ पालिका सभाहलमा निरन्तर पाँचदिन सम्म संचालित तालिममा

images

न्यूनतम शुल्क पर्ने तथा निःशुल्क रुपमा उपलव्ध हुने सामग्री वाट नै शिक्षण मानसिकता मार्फ़त विद्यार्थीलाईकामगर्दै खेल्दै र सिक्दै को आधारमा दिगो सिकाई गर्ने प्रयोजनका लागी यो तालिम संचालन गरिएको पाणिनी गाँउ पालिका शिक्षा युवातथा खेलकूद शाखा का अधिकृत तेज वहादुर खनालले वताउनु भएको छ ।

May be an image of 5 people, people standing and indoor

पाणिनि गाँउ पालिकामा ५ दिन सम्म संचालन रहको तालिममा मुख्य प्रशिक्षकको रुपमा शर्मिला भूसाल र दीपिका सारु लगायतका प्रशिक्षक ले सहभागिलाई दुई समुहमा विभाजन गरीपाणिनि गाँउ पालिका भर रहेका सम्पूर्ण वाल विकास सहजकर्तालाई विभिन्न विषय प्रशिक्षण गराउदै तालिम संचालित भएको थियो ।

May be an image of 7 people and flower

Nepal life insurance

पाणिनिमा दिईएको तालिममा आफुले अपेक्षाकृत सफलता प्राप्त गरेको मुख्य प्रशिक्षक सर्मिला भूसालले वताउनु भएको छ ।

May be an image of 7 people, people standing and indoor

वाल विकास सहजकर्ताको तर्फवाट मन्तव्य राख्दै कल्पना गैरेले प्रशिक्षण कार्यक्रम वाट धेरै ज्ञान आर्जन गरेको वताउनु भएको थियो भने अर्का सहभागि अर्यालले तालिम उत्कृष्ट रहेको तर समयावधि कमी भएको वताउनु भएको छ ।

May be an image of 5 people, people standing, flower and indoor

पाणिनि गाँउ पालिका सभाहलमा आयोजित समापन समारोह कार्यक्रमको अध्यक्षता पाणिनि गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूसालले गर्नु भएको थियो ।

May be an image of 4 people, people standing and people sitting

पाणिनि गाँउ पालिका शिक्षा अधिकृत तेज वहादुर खनाल,प्राविधिक सहायक विरेंद्र गौतम,आलेप राम चन्द्र पौडेल,योजना शाखा प्रमुख सोभाखर भूसाल, स्वतन्त्र पत्रकार डिआरजी सुमन लगायतको उपस्थित रहेको कार्यक्रमको संचालन तेज वहादुर खनालले गर्नु भएको थियो ।

– तस्वीर डिआरजी सुमन/दुर्गाफाँट अर्घाखाँची ।