नेकपा (एमाले) अर्घाखाँची द्वारा विमान दुर्घटना भएकोमा दुख व्यक्त

 

 

 -हरि कुँवर, अर्घाखाँची ।

नेकपा (एमाले) अर्घाखाँची द्वारा विमान दुर्घटना भएकोमा दुख व्यक्त हरि कुँवर, अर्घाखाँची । नेकपा (एमाले) अर्घाखाँचीले पोखरामा भएको विमान दुर्घटना प्रती दुख व्यक्त गरेको छ ।

नेकपा एमाले अर्घाखाँची जिल्ला अध्यक्ष पिताम्बर भुसालले विज्ञप्ति तथा सामाजिक संजाल फेसबुक मार्फत पोखरामा आइतबार भएको जहाज दुर्घटना प्रती गहिरो दुख व्यक्त गरेका हुन्।

No description available.

उनले दुर्घटनामा दिवंगत हुने चितपरिचित सम्पुर्ण प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन ।

यस्तै एमालेका केन्द्रिय सचिव टोप बहादुर रायमाझी, लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्य र सांसद रामजी प्रसाद घिमिरेले समेत घटना प्रती दुःख व्यक्त गर्दै खोज, उद्धार र उपचारमा जुट्न राहतको व्यवस्थापन गर्न सरकार संग माग गरेका हुन ।

images

यती एयरको एटीआर विमान पोखरामा दुर्घटना हुदा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार उक्त विमान दुर्घटना भएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय वासिन्दाले उद्धार गरेका थिए ।

images

विमान सेती नदीको गहिरो खोंचमा खसेको समाचार श्रोतले जनाएको थियो ।