विश्व मा ,वि  बार्षिकउत्सव : ६३ बर्षमा  ढाकावाङ्गको विश्व मा.वि.ले मनायो बार्षिकउत्सव, विद्यालयमा हुने विकृत राजनिति रोकिन जरुरी छ  :  नगरप्रमुख थापा

 

-गोपाल प्रसाद भट्टराई ,अर्घाखाची ।

अर्घाखाँची । भूमिकास्थानकाे ढाकावाङ्गमा रहेको विश्व मा.विले ६३ बर्षमा पहिलोपटक बार्षिकउत्सव मनाएको छ।  तत्कालिन स्थानिय अग्रजको अथक मिहेनतले कक्षा १ पढाइ हुनेगरि २०१६ सालमा स्थापना भएको उक्त विद्यालयले बुधवार एक भव्य समारोहमार्फत बार्षिकउत्सव मनाएको हो ।

May be an image of 8 people and people standing

बार्षिकउत्सवको समुद्घाटन गर्दै भुमिकास्थान नगरप्रमुख झविलाल थापाले विद्यालय सबैको मन्दिर भएको बताउनुभएको छ । “विद्यालय सबैको माग पुरा हुने पवित्र मन्दिर हो”नगर प्रमुख थापाले भन्नुभयो, “शिक्षा समाजको सर्वागिंण विकासको आधार हो । तसर्थ शिक्षाको विकासमा सबैको निस्वार्थ सहयोग हुनु आवस्यक छ ।” सामुदायिक विद्यालयमा देखिएको विकृत राजनितिक गतिविधिले शिक्षामा राज्यले गर्ने लगानीको प्रतिफल प्रयाप्त हुन नसकेको उहाँको भनाई छ ।

May be an image of 9 people, people standing and flower

नगर प्रमुख थापाले भुमिकास्थानको शैक्षिक गुणस्तर सुधारको निम्ती “विद्यालयसंग नगरपालिका” कार्यक्रम संचालन गरेको जानकारी पनि दिनुभएको छ ।

May be an image of 5 people, people standing, people sitting and outdoors

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मनिराम पराजुलीले शिक्षाको स्तरबृद्धिको निम्ती शिक्षक, अभिभावक, विद्यार्थि र सरोकारवाला सबैको भुमिका जिम्मेवार,सक्रिय र सकरात्मक हुनुपर्नेमा जोड दिनुभएको छ ।

May be an image of 8 people and people standing

पछिल्लो पुस्ता सामाजिक सन्जालको लतमा फसेको बताउँदै इकाइ प्रमुख पराजुलीले संचारका माध्यम र सामाजिक सन्जाललाईपनि शिक्षा सिक्ने माध्यम बनाउन सुझाव दिनुभएको छ ।

May be an image of 3 people and people standing

विद्यालयसंग सरोकार राख्ने बिभिन्न व्यक्तित्व, राजनितिक दल, जनप्रतिनिधि, शिक्षक, विद्यार्थि र अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा भुमिकास्थान नगर प्रवक्ता बाबुराम पन्थी,नगर शिक्षा अधिकृत तुबलाल सापकोटा,सबै राजनितिक दलको तर्फबाट माओवादी केन्द्र भुमिकास्थान नगर अध्यक्ष नरेन्द्र मुखिया, भानुभक्त मा.वि.प्युठानका प्रधानाध्यापक चक्रपाणी पौडेल,पूर्व प्र.अ.,शिक्षक तथा वि.व्य.स.को तर्फबाट क्रमश नरेन्द्र थापा,खडानन्द थापा,केशवराज खनाल,पदम क्षेत्री,खडानन्द खनाल,भिम प्रसाद वेल्वासे,देविराम खनाल लगायतले मन्तव्य राख्दै विद्यालय शिक्षालाई प्रभावकारी बनाएर गाउँको बसाइ बाक्लो बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ ।

May be an image of 3 people and people standing

अर्घाखाँँचीको पश्चिम क्षेत्रकै अग्रणी शिक्षण संस्थाको हैसियतले विश्व मा.वि.लाई क्याम्पसमा रुपान्तरण गर्नुपर्ने उहाँहरुको सुझाव रहेको छ ।

May be an image of 8 people and people standing

विद्यालय स्थापना पश्चात पहिलोपटक आयोजना गरिएको बार्षिक उत्सवको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद आचार्यले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २१ जना शिक्षक तथा कर्मचारी मार्फत ५ सय ३ जना विद्यार्थिको उज्जवल भविष्यको मार्गदर्शन गराउँदै आएको जानकारी गराउनुभएको छ ।

May be an image of 8 people, people standing and indoor

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजराज खनालको अध्यक्षता,विद्यालयका पूर्व प्र.अ. जुमलाल खनालको स्वागत मन्तव्य र शिक्षक रुद्र प्रसाद खनालको संचालनमा सम्पन्न उत्सवको अवसरमा सरस्वती पुजा,विद्यार्थिहरुबाट बिभिन्न लोकनृत्य प्रस्तुत गरिएको थियो ।

May be an image of 6 people, people standing, people sitting and outdoors

बार्षिकउत्सवको अवसरमा विद्यालयका संस्थापक,भुतपूर्व, तथा निर्वतमान प्र.अ.,शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, अभिभावक तथा उत्कृष्ट विद्यार्थिलाई प्रसंसापत्र सहित सम्मान व्यक्त गरिएको विद्यालयले जनाएको छ ।

 

तस्बिर – जितेन्द्र खत्री ,अर्घाखाची।

 

May be an image of 6 people and people standing

May be an image of 10 people and people standing

May be an image of 5 people and people standing

May be an image of 3 people and people standing

May be an image of 6 people and people standing

May be an image of 8 people and people standing

May be an image of 5 people and people standing

May be an image of 3 people and people standing

May be an image of 9 people and people standing

May be an image of 7 people and people standing

May be an image of 4 people and people standing

May be an image of 6 people and people standing

 

May be an image of 4 people, people standing and outdoors

May be an image of 7 people, people sitting, people standing and indoor

May be an image of one or more people, people standing and outdoors

May be an image of one or more people, people standing and outdoors

May be an image of 1 person, child, sitting, standing and outdoors

May be an image of 7 people and people standing

May be an image of 6 people and people standing