लागू औषध मुद्दामा फरार अभियुक्त ५ बर्षपछि पक्राउ

 

-अनिल नेपाली ,अर्घाखाची डट्कम।

अर्घाखाँची जिल्लामा लागू औषध मुद्दामा फरार अभियुक्त ५ बर्षपछि पक्राउ परेका छन् ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ चुत्राबेशिका २९ बर्षिय मनोज केसी लाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले मंगलबार पक्राउ गरेको हो ।

जिसिलाइ सन्धिखर्क स्थित एक होटलमा रहेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो ।

जिसिलाइ पक्राउ गरि कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

उनलाइ २०७४ चैत ६ गते जिल्ला अदालत अर्घाखाँचीले लागू औषध मुद्दामा दोषी ठहर गरी २ महिना कैद र दुई हजार जरीवाना तोकिएकोमा उनी फरार थिए ।

अन्य समाचारहरु