-अनिल नेपाली ,अर्घाखाची ।नेपाल कम्युनिस्ट पार्टी बहुमत जिल्ला समिति अघांखाँचीले २८ आै जनयुद्ध दिबसकाे पुर्व सन्ध्यामा सदरमुकाम सन्धिखर्कको चुत्राबेशीमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।दिप प्रज्वलन पछि भएको काेणसभालाई सम्वाेधन गदै जिल्ला सेक्रेटरी रेखा खनालले नेपालमा परिवर्तनको जग बसालेर सर्वहारा जनतामा परिवर्तन र न्यायको अनुभुती दिलाएको दिन जनयुद्ध दिवस भएकोले बतर्मान सरकारले समेत विदा दिएको बताइन ।खनालले केही परिवर्तन नचाहने परिवर्तन बिद्रोहीले जनयुद्धकाे अपमान गरे पनि जनताले जनयुद्ध दिवसलाई उत्सबकाे रूपमा मनाउने बताईन् ।कार्यक्रम जिल्ला सदस्य पदम नेपालीको सञ्चालन सम्पन्न भएको थियाे।



